IME Life New

साना किसान विकास लघुवित्तको लिलामी शेयर उठाउने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको लिलामीमा राखिएको पौने ४ लाख बढी कित्ता शेयरमा खरिद आवेदन दिने आज पुस २९ गते अन्तिम दिन रहेको छ।

गत मंसिर २४ गतेबाट एनआईसी एसिया बैंकको स्वामितवमा रहेको साना किसान विकास लघुवित्तको ३ लाख ९२ हजार ६५७ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ। यो शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

Crest

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता शेयर र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४८ रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र एनआईसी एसिया क्यापिटलको काठमाडौं थापाथलीस्थित कार्यालय, एनआईसी एसिया बैंकको काठमाडौं थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत तथा साना किसान विकास लघुवित्तका बिर्तामोड, इटहरी, बर्दिबास, हेटौँडा, गजुरी, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरियाबाट पनि आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS