IME Life New

नाडेप लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा पुस २७ गते शुक्रबार रानीबन पार्टी प्यालेस नगार्जुनमा सम्पन्न भएको हो । नवौं वार्षिक साधारण सभा पिताम्वर प्रसाद आचार्यको अध्यक्षामा सम्पन्न भएको हो भने प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीले स्वगत मन्तव्य राखेका थिए ।

सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले हाल वित्तीय क्षेत्रमा प्रतिकुल अवस्था रहेता पनि आगामी दिनमा सहज परिस्थितिको कामना गदैं ग्राहाक सदस्यलाई थप गुणस्तरीय सेवा प्रदान गदैं शेयरधनीको अपेक्षा पुरा गर्न संस्था कटिवद्ध रहेको जानकारी गराए । आगामी दिनमा नेपाल राष्ट्र बैंकबाट जारी हुने नीति तथा निर्देशनहरु अझै लघुवित्त मैत्री होस भन्ने कामना समते गरे ।

Esewa
Crest

त्यसैगरी नाडेप लघुवित्त वित्तीय संस्थाको उन्नति र प्रगतिमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग, सल्लाह र प्रोत्साहित गरी आ–आफ्नो क्षेत्रबाट पुर्यााएको योगदानका लागि सम्पूर्ण शेयरधनी महानुभावहरु, ग्राहकहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सजेन्ज, लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, बैंक तथा वित्तीय संस्थाहरु, लेखापरीक्षक, दातृ निकायहरु र यस वित्तीय संस्थाका कर्मचारीहरुलाई सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद दिंदै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा गरे ।

नवौं वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन आगामी आर्थिक वर्षको लागि विदुर एसोसिएटस् लेखापरीक्षकमा नियुक्ति तथा परिश्रमिक निर्धारण गर्ने प्रस्तव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकमा विवेक कडेल र सुष्मा वाग्लेलाई निर्वाचित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS