Connect IPS
IME Life

कामना सेवा विकास बैंकले पनि घटायो ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले माघदेखि लागू हुने ब्याजदर घटाएर सार्वजनिक गरेको छ।

बैंकले आज माघमा लागू हुने ब्याजदर सार्वजनिक गरेको हो। जसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत र संस्थागतको ७ प्रतिशतमा झारिएको छ। पुसमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागतको ७.६० प्रतिशत थियो।

Prabhu
Crest

बैंकले माघमा निक्षेप बचत खाताको ब्याजदर पनि घटाउँदै न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म दिने भएको छ। पुसमा यस्ता खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतममा ७.६० प्रतिशतसम्म देखिएको थियो।

बैंकले कल निक्षेपको ब्याजदर पनि २.३० प्रतिशतबाट घटाएर २ प्रतिशत कायम गरेको छ।

कामना सेवा विकास बैंकको आधारदर घटेर ११.१४ प्रतिशत कायम भएको छ। यसअघि आधारदर ११.५२ प्रतिशत थियो।

आधारदर घटेसँगै यो बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि घट्ने भएको छ। बैंकले आधारदरमा अधिकतम ४ देखि ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्दै आएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS