IME Life New

राष्ट्र बैंकले तयार पर्यो ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’को मस्यौदा, राय-सुझाव माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’को मस्यौदा तयार पारेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्ययोजनाअनुरुप राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’को मस्यौदा तयार पारेको हो। मौद्रिक नीतिमा ग्रीन फाइनान्सिङलाई बढावा दिन हरित बन्ड जारी गर्ने, जलवायु जोखिम रिर्पोटिङ गर्ने, पुँजी आवश्यकता पहिचान गर्नेलगायतका विषय समेटेर ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार पारिने कार्ययोजना लिइएको थियो।

Esewa
Crest

राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले गठन गरेको सुशासन संयन्त्र (कार्यकारी तथा सञ्चालन समिति)लाई ग्रीन फाइनान्स ट्याक्सोनोमीको विकास प्रक्रियालाई सहज बनाउने जिम्मेवारी दिइएको छ।

यसैबीच राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदामा सरोकारावाला निकायहरुबाट राय–सुझाव माग गरेको छ। दुई महिनाभित्र राय–सुझाव दिन विभागले आग्रह गरेको छ।

सरोकारावालाले राष्ट्र बैंकमा उपलब्ध हुने गरी लिखित रुपमा वा ई–मेल ठेगाना [email protected] मा सुझाव पेस गर्न सक्नेछन्।

Nepal-Green-Finance-Taxonomy-V1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS