IME Life New

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, बजारबाट भोलि थप २० अर्ब तान्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई सकस परेको छ। लगातार बैंकिङ प्रणाली तरलता प्रशोचन गर्दा पनि केन्द्रीय बैंकलाई तरलता साइजमा ल्याउन कठिन परिरहेको छ।

अन्तरबैंक ब्याजदर ३ प्रतिशत मुनि रहँदासम्म राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट तरलता प्रशोधन गर्नुपर्ने हुन्छ। पुस २३ गतेसम्मको तथ्यांक हेर्दा अन्तरबैंक ब्याजदर २.६८ प्रतिशतमात्रै रहेको छ।

Esewa
Crest

तरलता व्यवस्थापन गर्नकै लागि राष्ट्र बैंकले भोलि पुस २६ गते थप २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको छ। पुसमा यो दसौँपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

यसका लागि भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको माघ ४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पुस २४ गते ३५ अर्ब रुपैयाँ, पुस १८ गते २५ अर्ब रुपैयाँ, पुस १७ गते १० अर्ब रुपैयाँ, पुस १२ गते २० अर्ब रुपैयाँ, पुस ११ गते ३५ अर्ब रुपैयाँ, पुस ६ गते २५ अर्ब रुपैयाँ, पुस ४ गते २५ अर्ब रुपैयाँ, पुस ३ गते १० अर्ब रुपैयाँ र पुस १ गते १० अर्ब रुपैयाँ गरी कुल १ खर्ब ९५ अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ।

गत मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS