IME Life New

कोशी प्रदेशमा २८%ले बढ्यो वैदेशिक रोजगारीमा जानेको संख्या, कुन जिल्लाबाट कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशबाट वैदेशिक रोजगारीमा जाने संख्या २८ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको चालु आर्थिक वर्षको आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या २८.३ प्रतिशतले वृद्धि भएको छ।

Esewa
Crest

देशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्नु, स्वरोजगार र उद्यमशिलतामा आकर्षण वृद्धि हुन नसक्नु, कोभिडको समयमा घर फर्किएका व्यक्तिहरु पुनः रोजगारीका लागि विदेश जाने क्रममा भएको वृद्धिजस्ता कारणले वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

समीक्षा अवधिमा कोशी प्रदेशका पुरुष १ लाख ४६ हजार २६६ र महिला २२ हजार ४२ गरी कुल १ लाख ६८ हजार ३०८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। गत वर्षका सोही अवधिमा यस प्रदेशका पुरुष ६१ हजार ८३३ र महिला ६९ हजार ३६९ गरी कुल १ लाख ३१ हजार २०२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS