IME Life New

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा खड्का नियुक्त, ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । यस संस्थाको संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कमल खड्कालाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि नियुक्त गरेको हो ।

उक्त पदमा यस अघि सञ्चालक दिनेश भारी संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

Esewa
Crest

साथै, नव नियुक्त सञ्चालक कमल खड्काले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत रहेका कमल खड्का एनआईसी एशिया बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत थिए ।

साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS