IME Life New

कोशी प्रदेशमा १५%ले बढ्यो निक्षेप संकलन, औद्योगिक र कृषिमा बढ्यो कर्जा प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप संकलन १५ प्रतिशतले बढेको छ। कर्जा प्रवाह भने २.५ प्रतिशतले मात्रै बढेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक वर्ष २०७९/८० को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैकिङ सेवा विस्तार भएकाले निक्षेप संकलन बढेको राष्ट्र बैंकको निष्कर्ष छ।

Esewa
Crest

प्रतिवेदनअनुसार २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १५ प्रतिशतले वृद्धि भई रु. ४ खर्ब २१ अर्ब र प्रवाह गरेको कर्जा २.५ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५७ अर्ब पुगेको छ।

प्रतिवेदनअनुसार २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा कुल औद्योगिक कर्जा ६.६४ प्रतिशतले बढेर रु. १ खर्ब २९ अर्ब कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा १६.५ प्रतिशतले घटेको थियो।

यसैगरी २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा १२.२ प्रतिशतले वृद्धि भई रु. ६१ अर्ब १९ करोड २६ लाख १० हजार पुगेको छ। २०८० असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ११.० प्रतिशत रहेको छ।

२०७९ असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) १४८.४ प्रतिशत रहेकोमा २०८० असार मसान्तमा यस्तो अनुपात १३२.३० प्रतिशत झरेको छ।

कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप मध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७.३ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २२.७ प्रतिशत रहेको छ। जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१.५ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम १.२ प्रतिशत योगदान रहेको छ।

यसैगरी २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २.५ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५७ अर्ब पुगेको छ । २०८० असार मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा १०.९७ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २३.१६ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६५.८६ प्रतिशत रहेको छ। २०७९ असार मसान्तमा कृषि कर्जाको हिस्सा १० प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा २२.३ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६७.७ प्रतिशत रहेको थियो। कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये झापा, मोरङ र सुनसरीमा प्रवाहित कर्जाको हिस्सा ८८.६ प्रतिशत रहेको छ भने अन्य जिल्लाको ११.४ प्रतिशत रहेको छ। जिल्लागत कर्जा प्रवाहको आधारमा मोरङ जिल्लाको हिस्सा सबैभन्दा बढी ४२.४ प्रतिशत र ताप्लेजुङ, खोटाङ तथा तेह्रथुम जिल्लाको हिस्सा सबैभन्दा कम क्रमशः ०.५ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS