IME Life New

एनआईसी एसिया बैंकको लिलामी शेयर उठाउने आज अन्तिम दिन, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको एनआईसी एसिया बैंकको ७ लाख कित्ता शेयरमा खरिद आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ।

बैंकले गत पुस ६ गतेबाट संस्थापक समूहको ७ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ।

Esewa
Crest

यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

यो शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS