काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले पनि शेयरधनीहरुलाई निराश बनाएको छ। यो कम्पनीले आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
कम्पनी सञ्चालक समितिको बुधबार (पुस १८ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरणका आधारमा शेयरधनीहरुलाई कुनै पनि प्रकार (बोनस र नगद) लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।
मल्टीपर्पस फाइनान्सले शेयरधनीहरुलाई बनायो निराश, लाभांश नदिने निर्णय

















