IME Life New

दुई वाणिज्य बैंकको ४ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई वाणिज्य बैंकको ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

प्रभु बैंक र हिमालय बैंकको ४ लाख १० हजार १८८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा प्रभु बैंकको ३ लाख ३२ हजार १४६ कित्ता र हिमालयन बैंकको ७८ हजार ४२ कित्ता रहेको छ।

Esewa
Crest

यी दुवै बैंकको बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि प्रभु बैंकको काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालय र हिमालयन बैंकको काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने दुवै बैंकले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS