IME Life New

ट्रेजरी बिलको ब्याजदर फेरि साढे ४%, सवा २० अर्ब माग्दा बैंकहरुबाट साढे ५८ अर्बको आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रेजरी बिलको औसत ब्याजदर फेरि साढे ४ प्रतिशत नजिक पुगेको छ। अघिल्लो ट्रेजरी बिलभन्दा औसत ब्याजदर ०.३० को विन्दुले बढेको हो।

नेपाल राष्ट्र बैंकले आज पुस १७ गते जारी भएको २० अर्ब २५ करोड रुपैयाँको बोलकबोल हिजो पुस १६ गते गरेको थियो। जसमा बैंक तथा वित्तीय संस्थाहरुबाट कुल ५८ अर्ब ६९ करोड रुपैयाँको आवेदन परेको थियो।

Esewa
Crest

केन्द्रीय बैंकले ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको छ। जसमा बैंक तथा वित्तीय संस्थाहरुबाट क्रमशः २४ अर्ब ६५ करोड रुपैयाँ, १६ अर्ब ४४ करोड रुपैयाँ र १७ अर्ब ६० करोड रुपैयाँको आवेदन परेको थियो। यी ट्रेजरी बिल क्रमशः चैत २० गते, २०८१ असार १९ गते र २०८१ पुस १६ गते परिपक्व हुनेछन्।

राष्ट्र बैंकका अनुसार बोलकबोलमार्फत औसत ब्याजदर ९१ दिने ट्रेजरी बिलको ३.४० प्रतिशत, १८२ दिने ट्रेजरीको ३.९४ प्रतिशत र ३६४ दिने ट्रेजरीको ४.४४ प्रतिशत कायम भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS