IME Life New

वर्ष २०२३ मा सर्वाधिक कारबाहीमा पर्ने विकास बैंकमा कर्णाली, अरु कुन-कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०२३ मा नेपाल राष्ट्र बैंकले सबैभन्दा बढी कारबाही कर्णाली डेभलपमेन्ट बैंकलाई गरेको छ।

क्षेत्रीयस्तरको विकास बैंकमध्ये कर्णालीले यो वर्ष अनिवार्य नगद मौज्दातको नियम उल्लंघन गरेकोमा ८ पटकसम्म नगद जरिवाना तिर्नुपरेको हो। कर्जा–निक्षेप अनुपात कायम नगरेकोमा पनि यो बैंकले ३ पटक नगद जरिवाना तिर्नुपरेको थियो।

Esewa
Crest

राष्ट्र बैंकले गत जनवरी १८ मा सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा नियम मिचेर कारबाहीमा पर्ने क्षेत्रीय विकास बैंकहरुको सूची सार्वजनिक गरेको थियो। जसमा कर्जा–निक्षेप अनुपात कायम नगरेकोमा कर्पोरेन्ट, सिन्धु, नारायणी र सप्तकोशीलाई नगद जरिवाना गरिएको थियो। त्यस्तै कर्णाली र सालपालाई अनिवार्य नगद मौज्दातको नियम उल्लंघन गरेकोमा कारबाही गरेको थियो। यही त्रैमासमा कर्णालीले विपनन वर्ग कर्जाको नियम मिचेकोमा कारबाही भोगेको थियो।

यसैगरी राष्ट्र बैंकले अप्रिल ७ मा अर्को सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कारबाहीमा परेका क्षेत्रीयस्तरका विकास बैंकहरुको सूची जारी गरेको थियो। यो त्रैसमा कर्पोरेट, सिन्धु, नारायणी र सप्तकोशीले कर्जा–निक्षेप अनुपात कायम नगरेकोमा नगद जरिवाना तिर्नुपरेको थियो।

त्यस्तै आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा कर्पोरेट, सालपा, नारायणी र सप्तकोशी विकास बैंकले कर्जा–निक्षेप अनुपात कायम नगरेकोमा जरिवाना तिरेका थिए। यो सूचना केन्द्रीय बैंकले गत मे २१ मा जारी गरेको थियो।

उता सोही आर्थिक वर्षको चौथो त्रैमासमा नारायणीले अनिवार्य नगद मौज्दातसम्बन्धी नियम तोडेकोमा पटक–पटक नगद जरिवाना लगाइएको सूचना राष्ट्र बैंकले गत अक्टोर ३१ मा जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS