IME Life New

वित्तीय सहकारीको नियमन गर्न दोस्रो तहको नियामक संयन्त्र निर्माण गर्दै सरकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले वित्तीय सहकारीको नियमन गर्न दोस्रो तहको नियामक संयन्त्र निर्माण गर्ने भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशा समावेश गरिएका प्रतिवेदन सार्वजनिक गर्दै यसबारे जानकारी गराएका हुन्। कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा निर्देशित गर्ने, कर्जाको गुणस्तर बढाउने र खराब कर्जालाई नियन्त्रणमा राख्ने, साना तथा मझौला उत्पादनमूलक व्यवसायलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउन, वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्दै वित्तीय साधनको लागत घटाउने गरी मौद्रिक उपकरणहरुमा लचकता कायम गरिने प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

यसैगरी विदेशी लगानी आप्रवाह बढाउन नीतिगत र कानुनी सुधार गर्ने, निर्यातमूलक क्षेत्रलाई प्रोत्साहित गर्ने नीति पनि सरकारले लिने प्रतिवेदनमा जनाइएको छ। जलविद्युत, सिमेन्ट, आईटीलगायत निर्यात सम्भावना भएका क्षेत्रलाई प्रोत्साहन गर्ने, सम्झौता भएका सहुलीयतपूर्ण विदेशी ऋण र अनुदानलाई प्राथमिकताका क्षेत्रमा अधिकतम परिचालन गर्ने, सर्तहरुमा सुधार गर्ने, वैदेशिक रोजगारीलाई थप प्रतिफलमुखी बनाउने (तालिम, सीप र गन्तव्य) र व्यापार घाटा नियन्त्रण गर्नेसम्वन्धी रणनीतिको कार्यान्वयनमा जोड दिने सरकारको नीति रहेको छ।

चालु बजेटले लक्ष्य गरेअनुरुप राजस्वको वृद्धि हासिल गर्दै सार्वजनिक खर्चलाई थप औचित्यपूर्ण बनाउने गरी प्राथमिकीकरण गर्ने, राजस्वका परम्परागत स्रोतको विकल्प खोज्ने (सवारीसाधन, इन्धन, दूरसञ्चार), आयोजना छनौटपूर्ण तरिकाले निर्माण कार्य अघि बढाउने, प्राथमिकताका आयोजनाहरुलाई स्रोतको अभाव हुन नदिने र सार्वजनिक खर्चलाई सेवा प्रवाह, आर्थिक सामाजिक पूर्वाधार विकास र मानव पुँजी निर्माणमा लगानी गर्ने नीति सरकारको रहेको छ। यसका साथै वैदेशिक अनुदान तथा सहुलीयतयतपूर्ण ऋणका अवसरहरुलाई राष्ट्रिय प्राथमिकतामा परिचालन गर्ने, जलवायुसँग सम्बन्धित कोषहरुको परिचालनमा जोड दिने, राजश्व उत्पादकत्वमा वृद्धि तथा खर्च अनुशासनमा जोड दिने र संचित कोषलाई सहज अवस्थामा राखिने प्रतिवेदनमा उल्लेख छ।

सरकारी कोषबाट अनावश्यक सुविधा दिने प्रथालाई नियन्त्रण गर्ने नीति पनि सरकारले लिने भएको छ। ‘अहिलेदेखि नै बजेट तर्जुमाका लागि तयारी थाली सकिएको छ’, प्रतिवेदनमा उल्लेख छ, ‘गत आर्थिक वर्ष बजेटमा छुटेका सुधार प्रयासलाई आगामी बर्षको बजेटमा समावेश गरी अघि बढाइनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS