IME Life New

मंसिरमा एनएमबि क्यापिटलका ३ वटै म्युचुअल फन्डको बढ्यो न्याभ, लगानी बढाए पनि सबै योजना घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको मंसिर महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि सरल बचत फन्ड–इ, एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को वित्तीय विवरण सार्वजनिक भएको हो। कात्तिकको तुलनामा मंसिरमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ।

Esewa
Crest

मंसिरमा सरल बचत फन्ड–इको न्याभ बढेर ९.०९ रुपैयाँ पुगेको छ। कात्तिकमा न्याभ ८.६८ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि बढेर मंसिरमा १ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ थियो। गत कात्तिकमा ११ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले मंसिरमा पनि ५ करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

यसैगरी गत कात्तिकमा एनएमबि–५० को ९.५४ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर १०.४५ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर मंसिरमा १ अर्ब २७ करोड ५५ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी १ अर्ब २० करोड ७१ लाख रुपैयाँ थियो। गत कात्तिकमा ११ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको यो योजनाले मंसिरमा पनि ४ करोड ९८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

गत कात्तिकमा सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को १०.२७ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर १०.९८ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी बढेर मंसिरमा १ अर्ब २७ करोड ६० लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी १ अर्ब १७ करोड २२ लाख रुपैयाँ थियो। गत कात्तिकमा १२ करोड १० लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले मंसिरमा पनि ३ करोड ४२ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS