IME Life New

स्याङ्जामा गरिमा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकको भीरकोट नगरपालिकामा रहेको बयरघारी शाखाले भीरकोट नगरपालिकाका उद्योगी, व्यवसायी, विद्यालयका लेखापालहरूलाई वित्तीय साक्षरता प्रदान गरेको हो।

बैंकको तर्फबाट प्रमुख प्रशिक्षक बैंकका जोखिम तथा कानुन विभाग प्रमुख दिपकराज भण्डारी सहभागीहरूलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षक भण्डारीले देशको विद्यमान आर्थिक परिदृश्य, वैदेशिक व्यापार , बैंक तथा वित्तीय संस्थाका प्रकार ,नेपाल राष्ट्र बैंकका कार्यहरू र वाणिज्य तथा विकास बैंकका सेवा सुविधाका , बैंकिङ कसुरका विषयमा प्रशिक्षण दिएका थिए।

Esewa
Crest

आँधिखोला सिटीहल , बयरघारीमा आयोजना गरिएको कार्यक्रममा १ सय ५० जना व्यवसायी , सर्वसाधारण र विद्यालयका लेखापालहरूको सहभागिता रहेको थियो। भीरकोट उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा बोल्दै अध्यक्ष जगदिश प्रसाद कोइरालाले उद्योगी व्यवसायीहरूलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम संचालन गरेकोमा बैंकलाई धन्यवाद दिए ।

वित्तीय साक्षरता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल, क्षेत्रीय प्रमुख लेखनाथ भट्टराई, बयरघारी शाखा प्रमुख अर्विन अर्याल र बयरघारी शाखामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले वित्तीय साक्षरता कार्यक्रम सक्रिय सहभागिता जनाएकोमा भीरकोट उद्योग वाणिज्य संघका पदाधिकारी, सदस्य र शिक्षकहरूलाई धन्यवाद एवं आभार व्यक्त गरेका थिए।

गरिमा विकास बैंक जनताको बैंक भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत ढकालले जनता, उद्योगी व्यवसायी र बैंकबिच सुमधुर सम्बन्ध कायम गर्नु सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताए। गरिमा विकास बैंक ग्राहकको हितमा सदैव केन्द्रीत रहने प्रतिबद्धता जनाउँदै उनले सर्वसाधारण, उद्योगी , व्यवसायी सबैबाट सद्भावपूर्ण सहयोगको अपेक्षा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS