IME Life New

एनआईसी एसियाका चारवटै म्युचुअल फन्डको बढ्यो न्याभ, तीनवटाले लगानी बढाउँदा एउटाको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटै योजनाको मंसिरमा प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ।

कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्था एनआईसी एसिया क्यापिटल रहेको एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, ग्रोथ फन्ड, सेलेक्ट–३० (इन्डेक्स फन्ड) र डाइनामिक डेप्ट फन्डको कात्तिकको तुलनामा मंसिरमा न्याभ बढेको हो। यी ४ वटै योजनाको मंसिरको वित्तीय विवरण आज सार्वजनिक गरिएको छ।

Esewa
Crest

गत कात्तिकमा ब्यालेन्स्ड फन्डको ९.९५ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर १०.३१ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर मंसिरमा ६६ करोड ६ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी ६२ करोड ८३ लाख रुपैयाँ थियो। गत कात्तिकमा ८७ लाख ४१ हजार रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले मंसिरमा भने १ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी गत कात्तिकमा ग्रोथ फन्डको १०.३९ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर १०.९० रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने घटेर मंसिरमा ६८ करोड ९८ लाख रुपैयाँमा झरेको छ। कात्तिकमा कुल लगानी ६९ करोड २३ लाख रुपैयाँ थियो। गत कात्तिकमा २ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले मंसिरमा ७ करोड ८ लाख रुपैयाँ कमाउन सफल भएको छ।

गत कात्तिकमा सेलेक्ट–३० को १०.३४ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर १०.९२ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर मंसिरमा ९२ करोड २६ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी ८४ करोड १९ लाख रुपैयाँ थियो। गत कात्तिकमा ७ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले मंसिरमा पनि ६८ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको छ।

यस्तै गत कात्तिकमा डाइनामिक डेप्ट फन्डको १०.०८ रुपैयाँ न्याभ रहेकोमा मंसिरमा बढेर १०.३८ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर मंसिरमा ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ। कात्तिकमा कुल लगानी ५१ करोड १० लाख रुपैयाँमा सीमित थियो। गत कात्तिकमा ६ लाख ४८ हजार रुपैयाँ घाटा व्यहोरेको यो योजनाले मंसिरमा भने १ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS