IME Life New

हुँदैन र सकिँदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता नै मर्यो : प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुँदैन र सकिँदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता नै मरेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको १ वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। ‘नेपाली समाजमा अहिले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको छ’, उनले भने, ‘एकथरीले नियोजित रुपमै यो मानसिकतालाई मलजल गरिरहेको छ। यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ ।’

Esewa
Crest

प्रधानमन्त्री दाहालले अब सरकारको कार्यशैली बदलिने घोषणा पनि गरे। ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन’, उनले भने, ‘म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु कि अब सरकारको कार्यशैली बदलिनेछ ।’

केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक आफू बाहिरका कुनै पनि कार्यक्रममा जाने घोषणा पनि प्रधानमन्त्री दाहालले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS