IME Life New

विभिन्न कार्यक्रम गरी सिद्धार्थ बैंकले मनायो २१औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको छ । बैंक संचालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडिया, संचालक समितिका सदस्यहरू, पूर्व संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव मनाएको हो ।

Esewa
Crest

वार्षिकोत्सव अवसरमा बैंकले २१ वर्ष सम्मको यात्रालाई समेटी तयार पारेको ‘कफी टेबल बुक’ पनि यसै कार्यक्रममा सार्वजनिक गरेको छ । यसै कार्यक्रम माझ बैंकले आफ्ना पूर्व संचालक समितिका सदस्यहरू एवं पूर्व प्रमुख कार्यकारी अधिकृतहरूलाई सम्मान गर्नुका साथसाथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको जनाएको छ ।

त्यसैगरी बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड रहेको बैंकले जनाएको छ ।

ग्राहकहरूले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी यूएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्‌ । साथै, यस कार्ड प्रयोगकर्ताहरूलाई आउँदा दिनहरूमा थप सुविधाहरू पनि उपलब्ध गराउने योजना बैंकको रहेको छ ।

सोही अवसरमा बैंकले देशका विभिन्न स्थानहरूस काठमाडौ, नारायणघाट, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथै ग्राहक महानुभावहरू एवं स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताहरूको सहभागीता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरूमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS