IME Life New

हिमालयन बैंक दुई वटा अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंकले “ Excellence In POS Acquiring Business 2023” र “Excellence in Consumer Cards Prepaid 2023” पुरस्कार प्राप्त गरेको छ । भिसाद्वारा आयोजित एक समारोहका विच प्रमुख अतिथि डेपुटी गर्भनर बम बहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्य, लगायत अन्य विशिष्ट अतिथिहरुका उपस्थितिमा बैंकलाई दुबै अवार्ड प्रदान गरि सम्मान गरिएको बैंकले जनाएको छ।

बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ । हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्वीकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पीओएस तथा इकामर्ष गेटवे मार्फत स्वीकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुदै आइरहेको बैंकले जनाएको छ ।

Esewa
Crest

सो अवसरमा बैंकले आफ्ना विशिष्टिकृत सेवामाहरुमा आवद्द भई Card Acquiring Business गरिरहेका मर्चेन्ट, शुभेच्छुक एवं ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै ग्राहकहरु को सुविधालाई मध्यनजर गर्दै बैंकले Diners / Discover तथा Rupay ब्राण्डका कार्डहरु पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको जनाएको छ ।

हाल बैंकको २७० वटा एटिएम, ६५०० भन्दा बढि पी ओएस तथा करिब ८०० इकमर्श मर्चेन्ट मार्फत कार्डका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS