IME Life New

एनआईसी एसिया बैंकको ७ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकको ७ लाख कित्ता शेयर आज पुस ६ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ७ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

यो शेयर खरिदका लागि धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित कार्यालयमा बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस २० गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS