IME Life New

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो ४ अर्ब बढीको ऋणपत्र जारी गर्ने अनुमति, लगानीकर्ताले वार्षिक १०% ब्याज पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पायो ४ अर्ब रुपैयाँ बढीको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेस्टमेनट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको हो। अब बैंकले प्रतिइकाइ १ हजार अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ‘एनआईएमबी डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गर्नेछ।

Esewa
Crest

बैंकले कुल इकाइमध्ये २४ लाख २४ हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १६ लाख १६ हजार इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS