IME Life New

कुमारी बैंकले फेस्टिभ अफर, नागरिक बचत खाता खोल्दा विभिन्न सुविधा निःशुल्क पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरी पुन्ही तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा आर्कषक छुट तथा अफर प्रदान गर्ने निर्णय गरेको छ।

आउँदो पुस ८ गतेदेखि पुस २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो १ वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्यूनतम रकम रु. १ हजार हुनुपर्नेछ। ती सुविधा नागरिक बचत खातामा मात्र लागू हुने बैंकले स्पष्ट पारेको छ।

Esewa
Crest

डिजिटल बैंकिङ सेवालाई प्रोत्साहन गर्नका साथै बैंकिङ सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैव तत्पर छ।

आफ्ना देशव्यापी ३०९ शाखा सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवासुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS