IME Life New

प्रभु महालक्ष्मी लाइफले १७% हकप्रद शेयर निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको पुस १ गते बसेको संचालक समितिको पाँचौं बैठकले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम गर्न हाल कायम रहेको चुक्ता पूँजी रु ४,२९,६०,००,००० को १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

कम्पनीको सोही बैठकले नेपाल बीमा प्राधिकरणमा सैद्धान्तीक स्वीकृतीको लागि लेखि पठाउने साथै नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछी आगामि वार्षिक साधारण सभाबाट अनुमोदन गराई हकप्रद शेयर जारी गरी न्यूनतम चुक्ता पूँजी कायम गर्ने निर्णय भएको नेप्से मार्फत सूचना जारी गर्दै जनाएको छ ।

1702870763808 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS