IME Life New

बैंकहरुको निक्षेप ६० खर्ब नाघ्यो, कर्जा प्रवाह कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा ६० खर्ब निक्षेप नाघेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। यो तथ्यांक गत मंसिर २८ गतेसम्मको हो। अघिल्लो दिन मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब ९५ अर्ब रुपैयाँ रहेको थियो। यो १ दिनमा बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

Esewa
Crest

मंसिर २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४९ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जुन अघिल्लो दिनको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो। मंसिर २७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह ४९ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो।

मंसिर २८ गतेमा बैंकहरुको औसत सीडी रेसियो सामान्य घटेर ८०.३६ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८०.४२ प्रतिशत थियो।

बैंकको अन्तरबैंक ब्याजदर भने २.६२ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS