IME Life New

बढ्न थाल्यो ऋण परिचालन, शेयर कर्जामा साढे ६ प्रतिशतको बढोत्तरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बैंकहरुबाट कर्जा परिचालन बढ्न थालेको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.९९ अर्ब ४० करोड (२.१ प्रतिशत)ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.६८ अर्ब ५५ करोड (१.५ प्रतिशत)ले बढेको थियो।

Esewa
Crest

वार्षिक विन्दुगत आधारमा २०८० कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको छ । २०८० कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.१ प्रतिशतले, विकास बैंकहरुको १.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १.४ प्रतिशतले बढेको छ । २०८० कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये १२.१ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणका रुपमा रहेको छ भने ६७.३ प्रतिशत कर्जाका लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.८ प्रतिशत रहेको थियो।

यो ४ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ८.७ प्रतिशतले, नगद प्रवाह कर्जा १३.९ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा १८.४ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.० प्रतिशतले र मार्जिन प्रकृति (शेयर धितो)को कर्जा ६.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४०.३ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS