IME Life New

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई वाणिज्य बैंकको आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज मंसिर २८ गते अन्तिम दिन रहेको छ। नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ नबिल र नेपाल एसबीआईले भोलि मंसिर २९ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आजसम्म कायम शेयरधनी यी दुवै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

नबिल बैंकले ३९ औँ वार्षिक साधारणसभा आउँदो पुस १२ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजदेखि गर्दैछ। सभाले उक्त आर्थिक वर्षको नाफाबाट हाल चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

यसैगरी नेपाल एसबीआई बैंकले पुस १३ गते ३० औँ वार्षिक साधारणसभा डाकेको छ। सभा त्रिभुवन आर्मी अफिसर्स क्लाबमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सोही सभाले उक्त आर्थिक वर्षको नाफाबाट ३.७५ प्रतिशत बोनस शेयर र ६.८० नगद गरी कुल १०.५५प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS