IME Life New

सिद्धार्थ बैंकको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि आकर्षक लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

Esewa
Crest

यसैगरी बैंकले अग्राधिकार शेयरधनीहरुलाई ८.५ प्रतिशतले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS