IME Life New

बीमा प्राधिकरणले तय गर्यो पाँचौं चरणको बीमा अभिकर्ता परीक्षाको मिति, कहिलेदेखि शुरु हुँदैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको पाँचौं चरणको परीक्षाको मिति सार्वजनिक गरेको छ । प्राधिकरणले यही मंसिर २९ गतेबाट पाँचौं चरणको परीक्षा संचालन गर्न लागेको हो ।  प्राधिरकणले गत कार्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्नका लागि अनलाइन माध्यमबाट परीक्षा संचालन गर्न शुरु गरेको थियो । प्राधिरकणले मंसिर तथा पुस महिनामा हुने अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको हो ।

प्राधिकरणले पाँचौं चरणको परीक्षा मंसिर २९ गते शुक्रबार दिउँसो १ः३० बजेबाट ३ बजेसम्म र ३ः३० बजेबाट साझ ५ बजेसम्म संचालन गर्ने भएको छ । मंसिर ३० गते विहान ११ बजेदेखि १२ः३० बजेसम्म, दिउँसो १ बजेदेखि २ः३० बजेसम्म र दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म संचालन गर्ने जनाएको छ । त्यस्तै, पुस १ गते आइतबारबाट पुस ७ गते शनिबारसम्म तालिम संचालन गर्ने जनाएको छ । उक्त तालिम विहान ८ः३० बजेदेखि १० बजेसम्म संचालन गर्ने समेत जनाएको छ ।

Esewa
Crest

प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण गरेको हो । चौथो चरणमा गत मंसिर १३ गतेदेखि मंसिर १५ गतेसम्म सञ्चालन अनलाइन परीक्षाबाट २१५ जना अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका हुन्।

त्यसैगरी, पहिलो चरणमा २१९ जना, दोस्रो चरणमा १७६ जना र तेस्रो चरणमा ११६ जनाले अनलाइन माध्यमबाट परीक्षा उत्तीर्ण गरी अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका थिए।

प्राधिकरणले वितरण गरेको प्रमाणपत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्था बमोजिम बीमा मध्यस्थकर्ता (अभिकर्ता)को इजाजतपत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा सहभागी भई उत्तीर्णांक प्राप्त गरेमा प्रमाणपत्र प्रदान गर्दै जाने प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS