IME Life New

स्वस्तिक लघुवित्तको पिपरा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वस्तिक लघुवित्तको पिपरा शाखाले सोमबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जनकपुरधाम वाड नं ४ मा स्थित जानकी कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा सोही क्याम्पसका प्रमुख राम कुमार ठाकुर तथा स्वस्तिक लघुवित्तका विभागीय प्रमुख तोयानाथ पोखरेलको उपस्थिति रहेको पिपरा शाखाका शाखा प्रमुख राम कुमार महराले जानकारी दिए ।

Esewa
Crest

हाम्रो जीवनमा विभिन्न माध्यमबाट प्राप्त भएको रकमलाई व्यवस्थापन गर्न नसक्नु, अरुको देखासिकी गरी आफनो खर्चलाई बढावा दिनुका कारण अधिकांश परिवार आर्थिक समस्यामा पर्ने परेको हुदाँ आफनो पारिवारीक आर्थिक अवस्थालाई कसरी व्यवस्थापन गर्न सकिन्छ साथै आगामी समयमा आफनो आर्थिक अवस्था सुधार गर्नको लागी अहिले देखि के कस्ता कुराहरुमा विचार गर्नुपर्छ भन्ने उद्येश्य राखी यो कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ। यस कार्यक्रममा ४० जना भन्दा बढि विध्यार्थीहरुको सहभागी रहेको जानकारी शाखा प्रमुख रामकुमार महराले दिए ।

पछिल्लो समयमा यस वित्तीय संस्थाले विध्यार्थीवर्गलाई लक्षित गरी विभिन्न स्थानहरु वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दे आएको र आगामी दिनमा यसलाई निरन्तरता दिने योजना रहेको कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS