IME Life New

ग्लोबल आइएमई क्यापिटलको सीईओ बन्दै मन्दीप लुँइटेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी पदमा सानिमा क्यापिटल लिमिटेडबाट मन्दीप लुँइटेललाई भित्र्याउने भएको छ। ग्लोबल आइएमई क्यापिटलको नेतृत्वको प्रस्ताव आएपछि लुँइटेलले सानिमा क्यापिटलबाट राजीनामा दिने  अनौपचारिक जानकारी दिसकेका छन् ।

लुँइटेल सानिमा क्यापिटलमा इन्भेष्टमेण्ट बै‌ंकिङ विभाग प्रमुख पदमा कार्यरत छन् । उनीसँग नेपालको पूँजी बजारमा आठ वर्ष लामो कार्य अनुभव छ।

Esewa
Crest

सानिमा क्यापिटलमा आबद्ध हुनु अघि उनले आइसीआइसीआइ बै‌ंक मुम्बई अन्तर्गतको स‌ंचरनागत वित्तीय समूहमा प्रबन्धकको जिम्मेवारीमा रहेका थिए। उनले त्यहाँ रहँदा बै‌ंकको पूँजी बजार समूहमा पनि प्रबन्धकको रुपमा अनुभव हासिल गरेका थिए ।

अध्ययनमा अब्बल रहेका उनी नेपाल विद्याभुषण ख पदकबाट विभूषित भई सकेका छन् । उनले सिम्बोसिस इन्स्टिच्युट अफ बिजनेश म्यानेजमेण्ट पुना भारतबाट एमबिए तहको उपाधि हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS