IME Life New

वार्षिकोत्सवमा सानिमा बैंकको रक्तदान कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

सामुदायिक सेवा केन्द्र नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल तिनकुनेको प्राविधिक सहयोगमा बैंकले नक्सालस्थित आफ्नो मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचामा आयोजित कार्यक्रममा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारीको सहभागिता थियो।

Esewa
Crest

बिहीबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गरे

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा देशैभर रहेका शाखाबाट रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३३ वटा कार्यालय र १२३ वटा एटीएम सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS