IME Life New

सूर्योदय वोमी लघुवित्तको करिब १ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब १ लाख कित्ता शेयर आज मंसिर १९ गतेबाट बिक्रीमा राखिएको छ।

संस्थाले संस्थापक समूहको ९७ हजार ३०५ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनी, अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय, शाखाहरु विराटनगर, मोरङ, आदर्शनगर, वीरगन्ज, पोखरा (महेन्द्रपुल), बुटवल, धनगढी र वीरेन्द्रनगर (सुर्खेत)मा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर २६ गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS