IME Life New

बि एण्ड बि अस्पतालको गर्‍यो रु‍. १ अर्बको कारोबार,प्रतिस्पर्धीबाट अनुभवी डाक्टर जोगाउने चुनाैती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्वार्कोमा अस्पताल सञ्चालन गर्दै आएको बि एण्ड बि हस्पिटल प्रालिको कारोबार आम्दानी खुम्चिएको छ। अघिल्लो वर्ष १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँको कारोबार गरेको हस्पिटलले गत आव २०७९।८० मा जम्मा १ अर्ब ५ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

कूल कारोबार रकममा गिरावट आएपनि नाफामा सुधारसँगै ह्रासकट्टी र कर अघिको सञ्चालन मुनाफामा सुधार गर्न सफलता पाएको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सञ्चालन आयको तुलनामा गत आवमा यस्तो नाफा २४ प्रतिशत रह्यो । अघिल्लो आवमा यो जम्मा १५ प्रतिशतमा सीमित रहेको थियो ।

Esewa
Crest

अस्पतालले गत आवमा प्राप्त गरेको आम्दानीमध्ये ५२ प्रतिशत हिस्सा हाडजोर्नी सम्बन्धी उपचार सेवाबाट प्राप्त आम्दानीले ओगटेको छ। यसबाहेक अस्तपालले विशिष्टीकृत सेवा मुटु रोग। स्नायु प्रणाली सम्बन्धी रोग र क्यान्सर उपचार सम्बन्धी सेवालाई पनि समावेश गरेर व्यापारमा विविधता ल्याउने प्रयास जारी राखेको छ। अस्पतालमा कार्यरत प्रमुख १० चिकित्सकको माध्यमबाट कूल कारोबारको ३८ प्रतिशत हिस्सा प्राप्त हुने भएकाले रेटिङ एजेन्सीले यसलाई पनि विचारणीय पक्षका रुपमा समावेश गरेको छ।

अस्पतालले ९२ करोड रुपैयाँ ब‌ैंक कर्जाका लागि गराएको रेटिङमा वित्तीय सबलताका लागि ८६ करोड रुपैयाँ दीर्घकालीन कर्जामा एल डब्बल बि प्लस र ५ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जामा एफो प्लस रेटिङ पाएको छ। इक्रा नेपालका अनुसार एल डब्बल बि प्लसले मध्यम स्तरको वित्तीय सबलता र एफोले न्यून स्तरको वित्तीय सबलतालाई स‌ंकेत गर्छ।

स्वास्थ्य सेवामा काठमाडाै‌ं उपत्यकाभित्र उपलब्ध र नयाँ प्रवेश गर्न लागेका प्रतिस्पर्धीसँग नाम चलेका अनुभवी जनशक्ति जोगाउन सक्ने क्षमतामा यसको व्यवसायको सफलता निर्भर रहने टिप्पणी इक्रा नेपालले गरेको छ।

एक सय शैय्याको सुविधा सम्पन्न यो अस्पतालले बहु विशिष्टीकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ। विशेषगरी हाडजोर्नी सम्बन्धी उपचारका लागि चिनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

27%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS