IME Life New

शेयर बजारबाट आज कसले कमाए अनि कसले गुमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। बजार आज १८.०६ अंकले घटेर १८५८.५३ को विन्दुमा बन्द भएको छ।

आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५५३ कित्ता शेयर १ अर्ब ३२ करोड रुपैयाँ बढीमा कारोबार भएको छ। घटेको बजारमा आज रुरु जलविद्युत परियोजनाका शेयरधनीहरुले सबैभन्दा धेरै कमाए। यो कम्पनीको शेयरमूल्य ५.६३ प्रतिशतले बढेको छ।

Esewa
Crest

यसैगरी आज एनआईबीएल प्रगति फन्डको इकाइमूल्य ३.८७ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड २को इकाइमूल्य ३.५२ प्रतिशत, एनआईसी एसिया फ्लेक्सी क्याप फन्डको इकाइमूल्य ३.४१ प्रतिशत र छिमेक लघुवित्तको शेयरभाउ ३.४१ प्रतिशतले बढेको छ।

उता घटेको बजारमा विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीका शेयरधनीहरुले धेरै गुमाए। यी ३ वटै कम्पनीको शेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ। सिटिजन्स म्युचुअल फन्ड २ इकाइभाउ ८.८८ प्रतिशतले घट्दा खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा ५.६७ प्रतिशतको गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS