Connect IPS
IME Life

आज उच्च कारोबार गर्ने शीर्ष १० मा ५ बीमा कम्पनी, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विद्युत आपूर्ति बन्द भएर प्राणाली सुचारु नहुँदा करिब ३० घन्टा ढिलो खुलेको शेयर बजार आज १७.९३ अंकले ओरालो लागेको छ। बजार १८७६.६० झरेर बन्द भएको छ। दोहोरो अंकले घटेको बजारमा आज १ अर्ब १ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सूचीकृत २८५ कम्पनीका ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच भएका छन्।

घटेको बजारमा उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा ५ वटा बीमा कम्पनी छन्। सोनापुर मिनरल्सले सर्वाधिक कारोबार गरेको दिन बीमा कम्पनीमध्ये सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सानिमा जीआईसी र सन नेपाल लाइफ पनि उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीभित्र पर्न सफल भएका छन्।

Prabhu
Crest

यस्ता छन् उच्च कारोबार गर्ने १० कम्पनी

  • सोनापुर मिनरल्सः ६ करोड २८ लाख रुपैयाँ
  • एनआईसी एसिया डिबेन्चर २०८१÷८२ः ५ करोड ३ लाख रुपैयाँ
  • सिटिजन लाइफः ३ करोड ६८ लाख रुपैयाँ
  • मुक्तिनाथ विकास बैंकको संस्थापक सेयरः ३ करोड ३८ लाख रुपैयाँ
  • सोल्टी होटेलः ३ करोड ३७ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः २ करोड ७४ लाख रुपैयाँ
  • आइएमई लाइफः २ करोड ५४ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः २ करोड २६ लाख रुपैयाँ
  • सन नेपाल लाइफः २ करोड १८ लाख रुपैयाँ
  • घोराही सिमेन्टः २ करोड १६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS