IME Life New

वित्तीय ठगीका घटना बढेपछि राष्ट्र बैंकले भन्यो-‘लहैलहैमा लागेर पैसा वा खाताका विवरण नपठाऔँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट बच्न सतर्क हुन आग्रह गरेको छ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको एक सूचनामा यस्तो आग्रह गरिएको हो। ‘वित्तीय ठगीबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’, राष्ट्र बैंकले भनेको छ।

Esewa
Crest

ह्वाट्सअप, भाइबर, म्यासेन्जरजस्ता मोबाइल एप वा ई–मेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धनसम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएकोजस्ता विभिन्न बहानाका सन्देश पठाउने गरेको राष्ट्र बैंकले जनाएको छ। ‘त्यस्ता सन्देश पठाए उक्त रकम वा सम्पत्ति प्राप्त गर्न केही रकम पठाउनुपर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनी सर्वसाधारणलाई आर्थिक प्रलोभन देखाई ठगी गर्ने घटना संसारभर हुने गरेका छन्’, सूचनामा भनिएको छ, ‘यी सबै घटना वित्तीय ठगीका उदाहरण हुन्।’

त्यस्ता सन्देशलाई विश्वास गर्ने, हुँदै नभएको वा आफूले भाग नलिएको चिठ्ठा वा पुरस्कार जितेको कुराको पछि लाग्ने वा चिन्दै नचिनेको व्यक्तिका झुटो कुराको विश्वास गरी लहैलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध गराउने कार्य नगर्न राष्ट्र बैंकले सूचनामार्फत सचेत गराएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS