काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १२ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले भोलि मंसिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आज मंसिर १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले सत्रौँ वार्षिक साधारणसभा यही मंसिर २८ गते गर्दैछ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९/८०का लागि ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालक समिति चयन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले संस्थापकबाट ३ जना र सर्वसाधारणबाट ३ जना नयाँ सञ्चालकको चयन गर्ने प्रस्ताव गर्ने जनाएको छ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ।