IME Life New

बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा त्रिवेणी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको आयोजनामा त्रिवेणी गाउँपालिका, जुगार रोल्पामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मंसिर १० गते सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको सभापतिमा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्ण बहादुर थापा रहेका थिए । प्रमुख अतिथी त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा मगर, बिशेष अतिथी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष लेखमणी डाँगी, बिशेष अतिथी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत मिनराज भट्टराई रहेका थिए ।

Esewa
Crest

कार्यक्रमको संचालक नेपाल बीमा प्राधिकरणका मानबहादुर चौधरीले गरेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुबाट कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी रकम समयमा नै नगरेको, एउटै जग्गामा बिभिन्न खालको खेती गरेको बालीनालीको बीमा हुने वा नहुने, बीमा दाबी भुक्तानी लिन बीमित स्वंयम भौतिक रुपमा उपस्थित हुन पर्ने वा नपर्ने, नेपाल बीमा प्राधिकरणले कृषि तथा पशुपंक्षीको बीमा गर्न जिल्ला तोकिएको कम्पनीले शाखा कार्यालय स्थापना नगरेको साथै बीमा सेवा प्रदान नगरेको, कृषि तथा पशुपंक्षी बीमाको दाबी भुक्तानी बीमितले कति समय भित्र गर्नुपर्ने , जीवन बीमाको कति किस्ता भुक्तानी गरे पछि बीमितले रकम फिर्ता पाउँछ, भिरबाट लडेर वा रुखबाट खसेर बीमितको मृत्यू भएमा दोहोरो सुविधा पाउने वा नपाउने, बीमकले बीमा सजिलै गर्ने तर दाबी भुक्तानी गर्नलाई ढिला गर्ने जस्ता गुनासो राखेका थिए ।

बीमकहरुको उपस्थिती नभएकोले कृषि तथा पशुपंक्षी र अन्य बीमा गर्न कठिनाई भएकोले सो कार्यलाई सहजीकरण गरिदिन नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेका थिए । पालिकाले कृषि तथा पशुपंक्षी बीमामा थप १० प्रतिशत अनुदान दिएको जनाइएको छ ।

यस पालिकामा कृषिबाली तथा तरकारी खेती बढी उत्पादन गर्ने भएकाले बीमाको महत्व रहेको अध्यक्षको भनाई थियो । यस पालिकाले नेपाल बीमा प्राधिकरण तथा बीमकसंगको सहकार्यमा आगामी दिनमा यहाँको भौगोलिक अवस्थालाई हेरेर बीमा नीति बनाउने प्रतिबद्दता अध्यक्षले जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS