काठमाडौं । नबिल बैंक लिमिटेडले थप एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले धनकुटा जिल्लामा रहेको शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकका अनुसार धनकुटा जिल्लाको जोरपाटी गाउँपालिका ६, सिंधवामा रहेको शाखा कार्यालय सोही जिल्लाको सोही गाउँपालिकाको सिंधवा, बसपार्क नजिकमा उक्त शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । उक्त शाखा कार्यालय हालको ठेगानाबाट ६ सय मिटरको दुरीले स्थानान्तरण गर्न लागेको हो ।
नबिल बैंकको सिंधवा शाखा स्थानान्तरण

















