काठमाडौं । आज स्पेशल प्रि ओपन सेसनमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको शेयर पहिलो कारोबार भएको छ। कम्पनीको शेयर आज प्रतिकित्ता २८८ रुपैयाँ ४० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर गत कात्तिक २३ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सोपश्चात तिहार बिदा परेका कारण यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।
कम्पनीले असोज १८ देखि असोज २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

















