IME Life New

अब परम्परागत बीमा पोलिसी बेचेर बीमा बजारको विस्तार हुँदैनः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलबालले अब परम्परागत विशेषतायुक्त बीमालेख बेचेर बीमा बजारको विस्तार नहुने बताएका छन् । उनले आज सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सही प्लान नयाँ बीमा योजना सार्वजनिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बीमा बजारको विकास र विस्तारका लागि नयाँ-नयाँ पोलिसी ल्याउनुपर्ने बताएका हुन् ।

बीमा पोलिसीलाई कपी पेष्ट नगरी समय, आवश्यक्ता र जनमानसको माग अनुसार ल्याउन उनले कम्पनीहरुलाई आग्रह गरेका हुन् । नेपालका बीमा कम्पनीहरु प्रोडक्ट कपी पेष्टमा मात्रै केन्द्रीत भए, रिसर्चका लागि पैसा खर्च छैन, अन्य देशको नाम सहित कै प्लान कपी गरेको छ , कम्पनीको पूँजी बढेको बढेकै छ त्यो अनुसार लगानी भएको छैन । अनी कसरी हुन्छ नेपालमा बीमाको पहुँच विस्तार उनले भने ।

Esewa
Crest

अध्यक्ष सिलवालले भने, प्राधिकरणले हरेक कम्पनीलाई बीमा सचेतना कार्यक्रम गर्न निर्देशन दिएको थियो । त्यसको रिपोर्टिङ भने राम्रो आएको छ । बैंक र बीमाको मुलभुत सिद्धान्त नै फरक छ हामीले यी दुई बीाचको फरक बुझाउन सकसेका छौनौं उनले भने, आम मानिसलाई यस्तो अन्तर प्राधिकरण, कम्पनी, कर्मचारी र अभिकर्ता कसैले पनि बुझाउन सकेका छैनन् । त्यसकारण हरेक ठाउँका प्रतिनिधी अर्थात गाउँका मेयर वडा अध्यक्षलाई हरेक स्थानीय तहमा बीमा कार्यक्रम लगेर बीमा बझाएपछि एक लेभलको बीमा प्रचार पब्लिकसम्म क्रेट हुन्छ उनले भने । सोही सन्दर्भलाई मध्यनजर गर्दै हामीले स्थानीय तहमा गएर बीमा सम्बन्धी अन्तरक्रिया गरेका हौं ।

साथै, उनले राष्ट्रिय, प्रादेशिक र स्थानीय तहमा बीमा नीतिको जरुरी छ भन्दै सबै कम्पनीले बीमाको प्रचार गर, आफ्नै प्रोडक्टको प्रचार गर तर उपत्यकामा बसेर होइन् जिल्ला-जिल्लामा गएर गर अनी मात्रै बीमाको पहुँच बृद्धि हुने बताए । थोरै पैसामा धेरै सुविधा दिन सक्नुपर्छ अनी मात्रै बीमा प्रति मानिसहरु आकर्षित हुने उनको भनाई छ । धनीले मात्रै हैन गरिबले पनि बीमा गर्न सक्ने गरी सस्तो बमिा पोलिसी ल्याउनुपर्यो उनले भने, नागरिक वडापत्रमा बीमा उल्लेख हुनुपर्यो उनले भने, सबै कम्पनीले सस्तो प्रोडक्ट तर धेरै कभरेज हुने पोलिसी ल्याउनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS