काडमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति पाएको छ ।
विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।
आयोगले कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । कम्पनीले आयोगसँग चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।
कम्पनीले अब हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेश गरी स्वीकृति पाएपछि हकप्रद शेयरको प्रक्रिया अगाडि बढाउनेछ ।