Connect IPS
IME Life

नयाँ गाउँ रिसोर्टले आकर्षक छुट सहित ल्यायो यस्तो प्याकेज

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कास्की जिल्लाको सराङकोटमा रहेको नयाँ गाउँ रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाडपर्वको उपलक्ष्यमा आकर्षक छुट प्याकेजको घोषणा गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले दीपावलीमा आकर्षक छुट प्याकेज ल्याएको सञ्चालक मिना धितालले बताइन् ।

उनका अनुसार यस भन्दा अघि रिसोर्टमा एक दिन बास बस्दा पाँच हजार शुल्क लाग्थ्यो भने अब चाडपर्व लक्षित छुट प्याकेजमा मात्र २५ सय भए आरामले एक दिन विताउन सकिने छ ।

Prabhu
Crest

जङ्गलको बिचमा रहेको रिसोर्टमा प्राकृतिक मनोरमसँगै रमाउन सकिने छ । यहाँ बाघको गुफा समेत अवलोकन गर्न पाइने छ । करिब दुई सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा विभिन्न खेलको मज्जा समेत लिन सकिन्छ । रिसोर्ट भित्रै चिल्ड्रेन पार्क, एरोपेलेन स्वीइङ, सिङगल स्वीइङ, स्काइ केभ वाक लगायतका खेलहरूको मज्जा लिन पाइन्छ । भने फोटो खिच्नको लागि रेन्बो पुलको समेत निर्माण गरिएको छ ।

रिसोर्टले एड्भेन्चर खेलहरूमा पनि विशेष छुट दिएको जनाएको छ । चिल्ड्रेन पार्क घुम्नको लागि २ सयको प्रवेश शुल्क लाग्थ्यो भने अब एक सय भए पुग्छ । त्यस्तै, एरोपेलेन स्वीइङ र सिङगल स्वीइङको शुल्क पाँच सय थियो भने अब दुई सय भए पुग्ने छ । स्काइ केभ वाक खेल खेल्न दुई सय लाग्थ्यो भने अब एक सय भए पुग्ने छ र रेन्बो पुलका लागि पनि एक सय भए पुग्ने रिसोर्टले जनाएको छ ।

जंगलको बीचमा रहेको रिसोर्टमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकले मनमोहक प्रकृतिकसँगको साक्षात्कार गर्दै त्यही उत्पादन गरिएको अर्गानिक खाने कुराहरूको स्वाद लिन पाउने छन् ।

आउने पर्यटकहरूलाई अर्गानिक स्वाद दिने उद्देश्य सहित एग्रो टुरिजमको लक्ष्य लिएर सञ्चालनमा आएको रिसोर्टभित्र कालीज, लोकल कुखुरा, मौरी पालन, तरकारी उत्पादन, पशुपालन समेत गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS