काठमाडौं । हिजो सामान्य बढेको बजार आज भने दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव २९ अंकले घटेर १,८६४ दशमलव ४० को विन्दुमा कायम भएो छ । आज ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने १९३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ०५ प्रतिशतका दरले कमाएका हुन् । एभरेष्ट बैंक डिबेञ्चरका इकाईधनीले ३ दशलमव ९० प्रतिशतका दरले कमाएका हुन् । हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले ३ दशलमव ४५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।