IME Life New

चेक बाउन्सको मुद्दामा २ वर्षसम्मको जेल सजाय, पैसा दिए मिलापत्र पनि गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लेनदेन कारोबारको सिलसिलामा जारी गरिएको चेक अनादर (बाउन्स) भएको अवस्थामा लिने दिने बीच मिलापत्र गर्न सकिने प्रावधान ल्याउन लागिएको छ । प्रस्तावित बैंकिङ कसुर तथा सजाय (दोश्रो संशोधन) विधेयक, ०८० जारी गरिएको चेकको रकम भुक्तानी दिएको अवस्थामा मिलापत्र गर्न सकिने प्रावधान समावेश गरिएको हो ।

आइतबार स‌ंघीय संसदको प्रतिनिधि सभामा पेश भएको विधेयकमा खातामा रकम नभई चेक जारी गर्ने विरुद्ध पीडितले उजुरी गरेको अवस्थामा २ वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान समेटिएको छ । यसैगरी ५ लाख रुपैयाँसम्म बिगो भएमा १ महिना, ५ देखि १० लाखसम्म बिगो भएमा ३ महिना, १० लाखदेखि ५० लाखसम्म बिगो भएमा ६ महिनासम्म र ५० लाखभन्दा बढी बिगो भएमा २ वर्षसम्म कैद सजाय तोकिएको छ।

Esewa
Crest

विद्यमान ऐन चेक अनादरमा बैंकिङ कसुर हुने भएकाले सिधै कालोसूचीमा पर्ने प्रावधान छ । व्यापारिक मन्दीका कारण नगद प्रवाह स‌ंकुचित बनेपछि कोराेना महामारी पछिको समयमा चेक अनादर सम्बन्धी मुद्दा ह्वात्तै बढेको छ । चेक रकम भुक्तानी नपाएको भन्दै बै‌ंकमार्फत् कर्जा सूचना केन्द्रमा कालो सूचीमा समावेश गरिदिनका लागी निवेदन दिने पीडितको स‌ंख्या दिनदिनै बढ्दै गएको छ।

व्यापारिक र व्यक्तिगत लेनदेन कारोबारको सिलसिलामा आफूले भुक्तानी गर्नुपर्ने रकमवापत बै‌ंक वित्तीय संस्थाको चेक जारी गरेर ठगी गर्ने प्रवृत्ती झ्यागि‌ंदै गएपछि निरूत्साहित गर्न बैंकिङ कसुर तथा सजाय ऐनमा चेक अनादरको हकमा समेत कानूनी कारवाहीको प्रावधान समेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS