काठमाडौं । दशैंपछिको आज पहिलो शेयर कारोबारमा नेप्से परिसूचक भारी अंकले घटेको छ । आज साताको पहिलो दिन नेप्से परिसूचक २८ दशमलव १८ अंकले घटेर १,८७५ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक राताम्मे भएका छन् ।
आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सोनापुरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज नेशनल हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।