IME Life New

दुर्घटनाग्रस्त मनाङ एयरका पाइलट सेढाईंको निधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारका क्रममा मृत्यु मृत्यु भएको छ ।

असोज २७ गते बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुको खुम्बु क्षेत्रमा मनाङ एयरको रोटर नाइन एन एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
पाइलट सेढाईंको उपचारका क्रममा भारतको नेसनल बर्न्स सेन्टर मुम्बईमा मंगलबार निधन भएको हो।

Esewa
Crest

भारतको नेशनल बर्न्स सेन्टर, मुम्बईमा उपचारका क्रममा क्याप्टेन प्रकाशकुमार सेढाईको अप्रत्याशित क्षतिबाट हामी स्तब्ध भएको नागरिक उड्डयन प्राधिकरणले प्रेस विज्ञप्ती मार्फत जनाएको छ।

प्राधिकरणले घटनाको आन्तरिक छानबिन भइरहेको जानकारी दिएको छ। लुक्ला विमानस्थलबाट खाद्यान्न बोकेर माथिल्लो क्षेत्र गएको हेलिकोप्टर खुम्बु पासाङल्हामु गाउँपालिका ४, लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । हेलिकोप्टरमा पाइलट मात्र सवार थिए ।

दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा जल्दा पाइलट सेढाईं गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS