IME Life New

तीनवटा ट्वीन अटर जहाज खरिदका लागि नेपाल एयरलाइन्सले बोलपत्र प्रकाशन गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय ध्वजावाहक हवाई सेवा कम्पनी नेपाल एयरलाइन्सले तीनवटा ट्वीन अटर विमान खरिद गर्ने भएको छ।

निगमले जहाज खरिदका लागि आइतबार अन्तर्राष्ट्रिय बोलपत्रको सूचना प्रकाशन गरेको छ।

Esewa
Crest

सूचनामा ५ डिसेम्बर २०२३ सम्ममा शिलबन्दी प्रस्ताव पेश गर्न इच्छुक आपूर्तिकर्तालाई आह्वान गरिएको छ।
छोटो अवधिको सूचना प्रकाशन गरिएकाले विमान खरिदका लागि पहिले नै आपूर्तिकर्ता निश्चित भइसकेको आशंका गरिएको छ।

४८ अर्ब रुपैयाँ ऋणभार रहेको निगमले सेवा बिस्तारका लागि अत्यावश्यक भएको भन्दै आन्तरिक उडान प्रयोजनका लागि साना हवाई जहाज खरिद गर्न लागिएको जानकारी दिएको छ।

निगमले आइतबार प्रकाशन गरेको विज्ञप्तीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको विशेष निर्देशनमा निगम सञ्चालक समितिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा कात्तिक ३ गते बसेको बैठकले छोटो दुर्गम उडान गर्न सक्ने विमान खरिद गर्ने निर्णय अनुसार ४५ दिने सूचना प्रकाशन गरी विमान आपूर्तिका लागि प्रस्ताव आह्वान गरिएको उल्लेख छ।

निगमले आन्तरिक श्रोतबाट नै विमान खरिद गर्न लागिएको दाबी गर्दै विमान थपिएपछि दुर्गमका यात्रुलाई उडानमा सहज हुने उल्लेख गरेको छ ।

निगमसँग हाल आन्तरिक हवाई सेवाका‌ लागि जम्मा
दुईवटा ट्वीन अटर विमान छ। निगमले दुर्गम क्षेत्रमा उडान सेवा थप्नका लागि थप तीनवटा ट्वीन अटर विमान खरिद गर्न लागेको हो। निगमले सुगम क्षेत्रमा उडान लागि थप दुईवटा ट्वीटर अटर विमान खरिद गर्ने घोषणा गरिसकेको छ। यसबाहेक अन्तर्राष्ट्रिय उडानका लागि थप पाँचवटा न्यारोबडी जहाज खरिदका लागी तयारी शुरु गरेको छ । नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किराँतीले निगमका लागि विमान खरिदमा विशेष चासो राखेका छन्।

निगमसँग व्यवसायीक योजना र व्यवसायीक सेवा प्रदान गर्ने दक्ष व्यवस्थापन नहुँदा आम्दानीको तुलनामा सञ्चालन खर्च उच्च रहेको छ।

दशैंको बेला निजी वायू सेवा कम्पनीको जहाज पूर्ण क्षमतामा सञ्चालन भएपनि निगमका जहाज खाली खाली उडेका थिए।

ठूला विमानको प्राविधिक व्यवस्थापन गर्न नसक्दा अन्तर्राष्ट्रिय उडान समेत नियमन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS