IME Life New

६ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष बैंकहरुले लाभांश घोषणामा ढिलाई गरेका छन् । आर्थिक वर्ष २०७९ /८० को लागि ६ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले आफ्नो गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । अब १३ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको कूल ३० दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये २९ प्रतिशत बोनश शेयर र १ दशमलव ५ प्रतिशत नगद लाभांश हो ।

त्यस्तै, एभरेष्ट बैंकले चुक्ता पूँजीको कूल २० दशलमव ५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १० प्रतिशत बोनश शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । सानिमा बैंकले चुक्ता पूँजीको कूल १४ दशलमव ७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ९ प्रतिशत बोनश शेयर र ५ दशमलव ७ प्रतिशत नगद रहेको छ ।

Esewa
Crest

त्यसैगरी माछापुच्छ्रे बैंकले हाल कायम चुक्ता पूँजीको कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये १३ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५ दशलमव ७९ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । चालु आर्थिक वर्ष सुरु भएसँगै सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकले कुल ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले बुक क्लोज मिति तय गरेको छैन् ।

यी लाभांश घोषणा गरेका बैंकहरुमध्ये पाँच बैंकहरुले भने लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरी साधारण सभा समेत सम्पन्न गरिसकेका छन् भने सिद्धार्थ बैंकले भने बुक क्लोज मिति समेत तय गरेको छैन । त्यसकारण सिद्धार्थ बैंकको शेयर किन्नेले उक्त लाभांश हात पार्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

0%
sad

दु :खी

9%
amazed

अचम्मित

9%
excited

उत्साहित

27%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS